लालबकैया नदीमा बेपत्ता तीनमध्ये दुई बालबालिकाको शव भेटियो

  • बुधबार २७ साउन २०८३ ०३:०० PM
सिमरा : रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा मंगलबार बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव भेटिएको छ । घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया नदीको किनारमा शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार देवाही गोनाही नगरपालिका–१ करुनियाका करमे आलमको १० वर्षीय छोरा मोहमद रमतुल्लाह र सोही ठाउँका हिसी अख्तरका १० वर्षीया छोरी सबनम खातुनको शव फेला परेको हो । प्रहरीले दुबैको श