तीन कम्युनिष्ट पार्टीबीच सहमति, लुम्बिनी सरकार गठनमा सहकार्य गर्ने

  • बुधबार २७ साउन २०८३ ०३:०० PM
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मसाल) बीच लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशको विकास निर्माणका विषयमा सहकार्य गर्ने सहमति भएको छ।सहमति पत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (मसाल) का अध्यक्ष मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।तीन दलका नेताहरूबीच भएको छलफलमा लुम्बिनी प्रदेश सरकार गठन र प्रदेशका विकास निर्माणका काममा सहकार्य गर्ने सहमति भएको हो।