काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले वर्तमान सरकारले दलित समुदायका अधिकारका सवालमा ६० लाखभन्दा बढी दलितलाई झुक्याउने र ‘इमोसनल ब्ल्याकमेल’ गर्ने रणनीति लिएको आरोप लगाएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै परियारले सरकारले दलित समुदायबाट मन्त्री बनाएर समावेशिताको प्रशंसा बटुले पनि दलित अधिकारसम्बन्धी कानुन निर्माणलाई भने