नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत अर्यालको पद वहाली : कार्यवाहक प्रमुखबाट सुशासन र क्षेत्रगत समन्वयमा नतिजामूलक नेतृत्वको अपेक्षा  

  • बुधबार २७ साउन २०८३ ०२:२८ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालबाट चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सुशासन, अन्तरसरकार समन्वय र महानगरबासीका अपेक्षा पूरा गर्ने काममा कुशल नेतृत्वको अपेक्षा गर्नुभएको छ । आज पद वहाल गर्नु भएका प्रमुख प्रशासकीय अधिकृत अर्याल, भेटका लागि कार्य कक्षमा पुगेपछि उहाँलाई स्वागत गर्दै कार्यवाहक प्रमुख डंगोलले कर्मचारी परिचालन र व्यवस्थापन कुशल नेतृत्वको अपेक्षा गर्नुभएको हो ।  ‘सेवा प्रवाह, अनुशासित र मर्यादित कर्मचारी प्रशासनका लागि समन्वयकारी नेतृत्व आवश्यक छ ।’ डंगोलले भन्नुभयो, ‘पार्किङ् व्यवस्थापनका लागि वहुतले पार्किङ् स्थल बनाउने, भृकुटीमण्डपमा मेगाहल निर्माण गर्ने, नेपाल सरकारसँग यस अघि गरिएका सम्झौता बमोजिम प्राप्त गर्नु पर्ने सम्पत्ति लिने लगायत ठुला आयोजना सञ्चालन गर्न संघ सरकारसँग समन्वय गर्नुपर्नेछ । कर्मचारी र जनप्रतिनिधिका बिचमा समन्वय र सहजीकरण गरिदिनु पर्नेछ । केही योजनालाई अलि सुस्त छन् । ती योजनालाई तीब्र सञ्चालन गर्नु पर्नेछ ।’  उहाँले भन्नुभयो, ‘यहाँको कार्यकाल महानगरबासीका लागि फलदायी बन्नेछ । महानगरपालिकाको सार्वजनिक छवि उच्च बनाउनमा स्मरणीय हुनेछ ।’ वि