लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

  • बुधबार २७ साउन २०८३ ०८:०५ AM
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासका मत लिने भएका छन् । नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । समर्थन फिर्ता भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । काँग्रेसले समर्थन फिर्ता लिएसँगै एमाले र नेकपाबीच सहकार्य भएको छ । सहमति अनुसार आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिइने भएको हो । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुङ्ग्याउने बताइएको छ । The post लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने appeared first on Kalika Khabar.