काठमाडौं : सम्पत्ति शुद्धिकरणको अभियोगमा मुद्दा दायर भएका व्यवसायी दीपक भट्टको विशेष अदालतमा बयान प्रक्रिया सुरू भएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासमा भट्टको बयान जारी छ। बयान सकिए आजै थुनछेक बहस हुने जनाइएको छ। थुनछेक बहसपछि अदालतले व्यवसायी भट्टलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने आदेश जारी गर्नेछ। राजनीतिक आवरणमा रहेर ठूला सरकारी ठेक्कापट्टा र शंकास्पद आर्थिक कारोबार गरी अवैध सम्पत्ति आर्जन गरेको उ