यमन : मजहर त्यही समुद्रमा काम गर्छन्, जुन लामो समयदेखि यमनको द्वन्द्वको मुख्य थलो बनेको छ । यमनको लाल सागर तटमा रहेको अल–मखा (मोखा) सहरका मछुवा मजहरले सन् २०१५ मा यस क्षेत्रमा युद्ध सुरु भएदेखि जीविकोपार्जन गर्न निकै संघर्ष गर्दै आएका छन् । इन्धन महँगो छ, डुंगा भाडामा लिन पनि उत्तिकै खर्च हुन्छ । तर ४० वर्षको उमेर आसपासका मजहरका लागि सबैभन्दा ठूलो समस्या अर्कै छ-समुद्रमा गएपछि उनी घर फर्किन्छन् कि फर्किदैनन् भन्ने कुनै निश्चितता छैन । उनको परिवार पूर्णरूपमा माछा मारेर हुने आम्दानीमा न