वनबाट ६ थान भरुवा बन्दुक बरामद

  • बुधबार २७ साउन २०८३ ०२:०१ PM
काठमाडौं : कपिलवस्तुबाट वनबाट ६ थान भरुवा बन्दुक बरामद भएको छ। वाणगंगा नगरपालिका–९ जिनुवास्थित खोजिपुर सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनमा खोजतलास गर्ने क्रममा जंगलको बीचमा रहेको जामुनको रुखको फेदमा बेवारिसे अवस्थामा राखिएका ६ नाल भरुवा बन्दुक फेला पारेको हो। बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।