थाइल्याण्डबाट आएका भारतीय नागरिकले विमानस्थलको भन्सार एरियामा १८ केजी गाँजा छाडेपछि ...

  • बुधबार २७ साउन २०८३ ०२:०१ PM
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १८ केजी गाँजा बरामद गरेको छ । मंगलबार राति थाइल्याण्डको बैंककबाट हङकङ ट्रान्जिट भएर आउँदै गरेका भारतीय नागरिक ३६ वर्षीय सन्जिभ कुमार र २६ वर्षीय रवि कुमारलाई १८ केजी गाँजासहित पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।प्रहरीका अनुसार थाइल्याण्डबाट गाँजा ल्याउने भारतीय नागरिकले पक्राउबाट बच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार एरियामा लगेज छाडेका थिए। उनीहरुले केही दिनपछि एजेन्टमार्फत लगेज दाबी गरेर ल