अब सबै सरकारी कार्यालयमा निवेदनको एउटै ढाँचा

  • बुधबार २७ साउन २०८३ ०८:०९ AM
काठमाण्डु– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ लागू गर्न देशभरका सरकारी निकायलाई निर्देशन दिएको छ। विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउँदै सेवा प्रवाहलाई सरल, सहज र सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको हो। मार्गदर्शन कार्यान्वयनमा आएसँगै सरकारी कार्यालयअनुसार फरक–फरक ढाँचामा