सुर्खेतमा सर्पले टोकेर देउमाया कामीको मृत्यु

  • बुधबार २७ साउन २०८३ १२:१९ PM
सुर्खेत । सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । सुर्खेत चौकुने गाउँपालिका- १० चालिखे बस्ने ५८ का देउमाया कामीको सर्पले टोकेर मृत्यु भएको हो । बुधबार बिहान कामीले भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औलामा सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कामीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा ल्याईएको र डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।