मधेसमा रणनीतिक आयोजनाहरूको निर्माण तीव्र

  • बुधबार २७ साउन २०८३ १२:३५ PM
काठमाडौं । मधेस प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण पूर्वाधार र औद्योगिक क्षेत्रमा देखिँदै आएको विद्युत् आपूर्तिको चुनौतीलाई सम्बोधन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च प्राथमिकताका साथ प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरूको निर्माण र पूर्वतयारीलाई तीव्रता दिएको छ ।  मन्त्रालयले तत्कालीन विद्युत् माग पूरा गर्ने मात्र नभई आगामी दिनमा उद्योग, व्यवसाय तथा घरेलु उपभोक्ताबाट थपिने मागलाई समेत धान्न सक्ने गरी प्रसारण संरचना विस्तारलाई रणनीतिक रूपमा अघि बढाएको हो ।  मधेस प्रदेशमा नयाँ प्रसारण लाइन र सबस्टेसन थपिँदा विद्युतको गुणस्तर र विश्वसनीयता सुधार हुनुका साथै औद्योगिक विस्तारका लागि आवश्यक ऊर्जा पूर्वाधार तयार हुने अपेक्षा गरिएको छ । निर्माणाधीन आयोजनाहरूलाई निर्धारित समयभित्रै सम्पन्न गराउन मन्त्रालयले नियमित अनुगमन, समन्वय र सहजीकरण गर्दै आएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मधेस प्रदेशको विद्युत् माग सम्बोन गर्न प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरू निर्माणको महत्वपूर्ण चरणमा पुगेको बताएका छन् । उनका अनुसार ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजना करिब २४ किलोमिटर लामो डबल सर्किट १३२ केभी प्रसारण लाइन नो–लोड अवस्थामा सफलतापूर्वक चार्ज भइसकेको छ । त्यस्तै बालगंगा सबस्टेसनमा निर्माण तथा उपकरण जडानका काम तीव्र रूपमा अघि बढिरहेका छन् । सो आयोजनालाई दशैंअघि नै सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम गर्न मातहतका निकायलाई परिचालन गर्दै मन्त्रालयले आवश्यक समन्वय गरिरहेको उनले जानकारी दिए ।  मन्त्री श्रेष्ठले सो आयोजना सञ्चालनमा आएपछि मुजेलिया, यदुकोहा, धनुषाधाम, वीरेन्द्र बजार, लोहना र नगराइन क्षेत्रका साथै धनुषा जिल्लाकै वितरण प्रणालीलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको जानकारी दिए । ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजनाको करिब २ अर्ब १३ करोड ६० लाख रुपैयाँ लागत अनुमान रहेको छ । करिब २४ किलोमिटर डबल सर्किट १३२ केभी प्रसारण लाइन निर्माण तथा हंसपुर नगरपालिका–९ मा  ६३ एमभीए क्षमताको १३२/३३ केभी सबस्टेसन निर्माण आयोजनाको मुख्य कार्यक्षेत्र हो । ढल्केबर–लोहारपट्टी १३२ केभी लाइनको टावर नं