कोलम्बिया : पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएपछि उद्धार टोलीहरू भग्नावशेषमा फसेका मानिसको खोजी र शव निकाल्न दिनरात खटिएका छन् । सरकारी तथ्यांकअनुसार शक्तिशाली भूकम्पका कारण देशभर कम्तीमा २५४ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश पेरेइरा र काली सहरका छन् ।कालीका २२ वर्षीय पत्रकारिता विद्यार्थी लुइस साएन्जले भने, ‘मेरो लागि भूकम्प कहिल्यै अन्त्य नहुने जस्तो लागेको थियो ।’ सोमबार बिहान ७ः३४ बजे भूकम्प जाँदा साएन्ज घरमा बिहानको कफी पिइरहेका थिए । भूकम्प सुरु भएपछि उनको