स्थानीयले वडा कार्यालयमा लगाइएको ताला अझै खुलेन

  • बुधबार २७ साउन २०८३ ०१:०१ PM
धादिङ : धादिङको सिद्धलेक गाउँपालिका–७ मा कार्यरत कर्मचारी शान्ति मगरातीलाई म्याद थप नगरी सेवाबाट हटाइएको विरोधमा स्थानीयवासीले वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण साउन २५ गतेदेखि लगातार तीन दिनसम्म वडा कार्यालयबाट हुने सेवा प्रवाह प्रभावित भएको छ ।गाउँपालिकाले साउन ६ गते पत्रमार्फत वडा सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएकी मगरातीको म्याद थप नगर्ने निर्णय गरेपछि स्थानीय आक्रोशित भएका हुन् । उनीहरूले सोमबार वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरेका थिए ।