स्याङ्जा : स्याङ्जामा ७६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक २१ बर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–४ का २१ वर्षीय रोशन विक रहेको प्रहरीले जनाएको छ । यही साउन २४ गते आफ्नै घरमा एक्लै बसेकोे अवस्थामा ती वृद्धा महिलामाथि जबरजस्ती करणीको आरोपमा विकलाई भोलिपल्टै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । स्याङ्जा जिल्ला अदालतबाट विकविरुद्ध ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।