अँगालो हालेर हिंडेका साथीकै हत्या

  • बुधबार २७ साउन २०८३ ०१:०१ PM
भक्तपुर : भक्तपुमा अँगालो हालेर हिंडेका साथीकै ज्यान लिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भनपा–३ का २८ वर्षीय किशोर चौगुठी रहेका छन् । उनले भक्तपुर नगरपालिका–४ गहिटीका २६ वर्षीय मनिष सिंख्वालको ज्यान लिएको आरोप लागेको छ ।प्रहरी स्रोतका अनुसार भक्तपुर–४ स्थित तारा स्कुल र जनसेवा स्कुलबीचको गल्लीमा अँगालो हालेर हिंडिरहेका बेला गए राति करिब सबा ८ बजे  चौगुठीले इँट्टा प्रहार गरी मनिषलाई गम्भीर घाइते बनाएका थिए । घाइते मनिषलाई भक्तपुर अस्पताल पुर्‍याइएको थ