जलवायु कार्यमा युवाको सक्रियता, काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ हुँदै

  • बुधबार २७ साउन २०८३ ०६:२४ AM
काठमाडाैं । जलवायु परिवर्तनसम्बन्धी नीति निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य साथ काठमाडौंमा ‘लोकल कन्फरेन्स अफ युथ (एलसिओवाई) गरिने भएको छ । सम्मेलनमार्फत युवालाई जलवायु परिवर्तनका विषयमा आफ्ना अनुभव र धारणा आदानप्रदान गर्ने, नीतिगत सुझाव तयार गर्ने तथा स्थानीय जलवायु कार्यलाई राष्ट्रिय र विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र तयार गरिने आयोजकले जनाएको छ ।