नेपाललाई उत्कृष्ट आरोग्य पर्यटकीय गन्तव्य बनाउन पहल

  • बुधबार २७ साउन २०८३ ०१:०१ PM
काठमाडौं : नेपाललाई विश्वकै उत्कृष्ट आरोग्य पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नीतिगत पहल सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई अन्तर्राष्ट्रियस्तरको आरोग्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित राष्ट्रिय आरोग्य पर्यटन रणनीति, २०८३ तयार गरेको छ ।रणनीति कार्यान्वयनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन तथा सीप विकासमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले समेत काम अघि बढाएको छ ।प्रतिष्ठानले राष्ट्रिय आरोग्य पर्यटन रणनीतिलाई कार्यान्वयनमा लैजा