‘गुराँस फुल्दा’ रिक्रियटमा सुस्मिताको कटाक्ष- ‘मौलिक जादुलाई उही रूपमा जन्माउन सकिन्न’

  • बुधबार २७ साउन २०८३ ०६:५९ AM
काठमाडौँ । अभिनेत्री सुस्मिता बम्जन (केसी) ले मौलिक जादुलाई फेरि उही रूपमा जन्माउन नसकिने बताएकी छन् । बुधवार सामाजिक सञ्जालमा ‘गुराँस फुल्दा’ गीतको नयाँ र पुरानो भिडियो जोडिएको एक रिल पोस्ट गर्दै उनले उक्त टिप्पणी गरेकी हुन् । आगामी भदौ ५ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ मा कालजयी गीत ‘गुराँस फुल्दा’ को रिक्रियटेड भर्जन