काठमाण्डु– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने र बालेन शाहले विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने चुनावी प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको बताएका छन् । आङ्देम्बेले चुनावअघि सत्तारूढ दलका नेतृत्वले अमेरिका, क्यानडा र युरोपसम्म पुगेर सरकार गठन भएको १०० दिनभित्र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा गरेको स्मरण गराउँदै अहिले त्यसको कार्यान्वयन खोइ भन्दै