काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अत्याधुनिक बीएस–६ प्रविधियुक्त बस च्यासिस सार्वजनिक गरेको छ । सिप्रदीले धनगढीमा आयोजना गरेको विशेष कार्यक्रममा नयाँ बस च्यासिस सार्वजनिक गरेको हो । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सुदूरपश्चिमका सहसंयोजक टेकराज जोशी प्रमुख अतिथि तथा सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल विशेष अतिथिका रूपमा सहभागी थिए