उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले खाना पकाउने ग्यासको आपूर्ति, वितरण र ढुवानीलाई पारदर्शी तथा प्रभावकारी बनाउन सरकारले अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिरहेको बताएकी छन्। उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित संरक्षण समितिले आयोजना गरेको खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री यादवले ग्यासको उपलब्धता र वितरणसम्बन्धी विवरण हाल गुगल फाराममार्फत संकलन गरी सार्वजनिक गर्न थालिएको