काठमाडौं : नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ। बुधबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन मंगलबार प्रतितोला सुनको भाउ ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको थियो।यसैगरी चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार ३५ रुपैयाँले घटेर चाँदी प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार एक तोला चाँदीको भाउ ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको थियो। &nb