देशको अर्थतन्त्र बाह्य कारणले भन्दा पनि हाम्रै आन्तरिक संरचनागत कमजोरी र नीतिगत अस्थिरताले बढी थलिएको छ। बाहिरी आवरणमा जतिसुकै परिवर्तन देखिए पनि विकासको मूल इन्जिन मर्मत नगरेसम्म समृद्धिको गन्तव्यमा पुग्न असम्भव प्रायः छ। नेपालको अर्थतन्त्रबारे बहस हुँदा सधैं मध्यपूर्वमा युद्ध भयो, तेलको भाउ बढ्यो वा रेमिट्यान्स घट्यो जस्ता बाहिरी कारणमै अल्झिन्छौं। तर, आव २०८२/८३ को तथ्यांकको पर्दा उघारेर हेर्ने हो भने मूल समस्याबाहिर होइन, हामीभित्रै गहिरिएर बसेको छ।विश्व बैंकले यस वर्षको अवस्थालाई व्यंग्यात्