युद्धको समयमा स्वास्थ्य आवश्यकताहरूको पूर्ति गर्नु चुनौतीपूर्ण थियोः इरानी विदेशमन्त्री

  • बुधबार २७ साउन २०८३ ०५:२६ AM
एजेन्सी । इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले अमेरिका र इजरायलसँगको युद्धका क्रममा देशको स्वास्थ्य सेवाका आवश्यकताहरू पूरा गर्नु परराष्ट्र मन्त्रालयका लागि सबैभन्दा चुनौतीपूर्ण कार्यहरूमध्ये एक रहेको बताएका छन् । राजधानी तेहरानमा आयोजित एक विशेष समारोहमा विदेश मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच युद्धका क्रममा क्षतिग्रस्त भएका पूर्वाधारहरूको पुनर्निर्माणमा सहयोग गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्दै उनले सो