काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सङ्गठनलाई रणनीतिक ढङ्गबाट परिचालित गरिएको बताएका छन् । उनले मुलुकमा समग्रतामा अहिले शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्याउने गतिविधि गर्ने आपराधिक मनोप्रवृत्तिका व्यक्ति यदाकदा सल्बलाएको पाइएको उल्लेख गरे । महानिरीक्षक