कास्की । विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुनसकेको छैन । ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दासमेत नपाएको गुनासो गरिरहेका छन् । अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षको परिमाणमभन्दा बढी ग्यास आपूर्ति भइरहेको दाबी