जलवायु कार्यमा युवाको सक्रियता, काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ हुँदै

  • बुधबार २७ साउन २०८३ ०५:३२ AM
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी नीति निर्माण तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले काठमाडौंमा ‘लोकल कन्फरेन्स अफ युथ (एलसिओवाई)’ सम्मेलन आयोजना हुने भएको छ । ‘जलवायु पारदर्शिताका लागि एकजुट’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा नेपालका सातवटै प्रदेशबाट १ सय ८० भन्दा बढी युवा सहभागी हुने आयोजकले जनाएको छ । सम्मेलन साउन २९