काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार आपसी विवादका क्रममा ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले चक्कु प्रहार गर्दा ढोरपाटन नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि प्रहरीले घर्तीलाई हत्या अभियोगमा पक्राउ गरेको