आज सूर्यग्रहण, कहाँ-कहाँबाट देखिन्छ ?

  • बुधबार २७ साउन २०८३ ०५:५४ AM
आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ । यो खगोलीय घटना नेपालसहित एसियाका धेरैजसो भागबाट भने देखिने छैन । नासाका अनुसार यो सन् १९९९ पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो । यसको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भू–भागबाट देखिनेछ । पूर्ण खग्रास ग्रहणको मार्गमा झण्डै एक करोड