झापा : झापामा एक महिलालाई जबरजस्ती करणी गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जबरजस्ती करणी मुद्दामा फरार रहेका ललितपुर महानगरपालिका–१६ का ४७ वर्षीय प्रवेक डङ्गोल पक्राउ परेका हुन् ।प्रहरीका अनुसार डङ्गोलले गत फागुन २५ गते राति मेचीनगर नगरपालिका–१३ चारआलीस्थित ओझा होटलमा एक ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।उनको खोजी गर्ने मंगलबार दिउँसो ३:१५ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा मेचीनगर नगरपालिका–६ काँकडभिट्टा