रसुवा : आगामी भदौ १२ गते जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने विशेष मेलालाई लक्षित गरी तीर्थयात्रीका लागि आवश्यक वासका लागि बाटोमा अस्थायी छाप्रा (थर्पु) बनाउन सुरु भएको छ । एक पटक पुग्नै पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा परिचित रसुवा गोसाइकुण्ड गाउँपालिका– ५ मा पर्ने गोसाँईकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमा र गङ्गादशहरा मेला लाग्दछ । कुण्डमा नुहाउने तथा पाठपुजा गर्नाले मनले चिताएको पुग्ने र पापबाट मुक्त हुने जनविश्वासका साथ धेरै भक्तजनहरू