सोम्पाल कामीले गरे रोहित पौडेलको नेतृत्वको प्रशंसा

  • बुधबार २७ साउन २०८३ ०४:२२ AM
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोम्पाल कामीले पूर्वकप्तान रोहितकुमार पौडेलको नेतृत्वको प्रशंसा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सोम्पालले रोहितले कम उमेरमै राष्ट्रिय टोलीको नेतृत्व सम्हालेर देशको अपेक्षाको जिम्मेवारी पूरा गरेको बताएका छन्। कठिन परिस्थितिमा समेत रोहितले दबाबलाई अवसरमा बदल्दै टोलीलाई अग्रमोर्चाबाट नेतृत्व गरेको उनको भनाइ छ। सोम्पालले रोहितले टोलीका लागि स्वयं चुनौती र