भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गरिने भएको छ । यसका लागि गाउँपालिका र नेपालस्थित भारतीय दूतावासबीच समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको छ । गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत र भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनासकुमार सिंहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त केन्द्रको कुल लागत रु नौ करोड