काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले बुधबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । बजेटका विषयमा विवाद बढेपछि मुख्यमन्त्री शाहले ३१ असारमा एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसै दिन एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय