पाकिस्तान प्रशासित कश्मीरमा जारी राजनीतिक तथा सामाजिक आन्दोलनमाथि सुरक्षा बलको दमनका क्रममा एक बेलायती नागरिकको गोली लागेर मृत्यु भएको छ भने अर्का एक बेलायती नागरिक दुई महिनाभन्दा लामो समयदेखि हिरासतमा रहेका छन्। बेलायती नागरिक मोहम्मद अख्तर, ५०, जुन ९ मा प्रदर्शनकारी र पाकिस्तानी सुरक्षा बलबीच भएको झडपका क्रममा गोली लागेर मारिएका थिए। बेलायतको पिटरबरो निवासी