विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

  • बुधबार २७ साउन २०८३ ०३:३३ AM
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् । प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले पदबाट राजीनामा दिने तयार गरेका हुन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमका अनुसार मुख्यमन्त्री शाहले भोलि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छन् । कांग्रेससँग १८ सांसद छन् भने नेकपासँग २१ र एमालेसँग ११ सांसद छन् । नेकपाका एक सांसद निलम्बित छन् । एमाले र नेकपाबीच नयाँ ... The post विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री appeared first on Kalika Khabar.