नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्र नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवाको अधिकार, सहभागिता, सशक्तीकरण र भविष्यका विषयमा गम्भीर बहस आवश्यक रहेको बताए । उनले भने, ‘युवालाई मतदान गर्ने जमात