काठमाडौं : नेपाली क्रिकेटमा नेतृत्व परिवर्तन नौलो होइन, तर पछिल्लो चार वर्षमा नेपाली क्रिकेटको पुस्तान्तरण, अन्तर्राष्ट्रिय पहिचान र ठूला प्रतियोगितामा सहभागितासँग जोडिएको नाम हो, रोहितकुमार पौडेल। २१ वर्षको उमेरमै राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका रोहितले अब भने एकदिवसीय टोलीको कप्तानीबाट विश्राम पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सन्दीप लामिछानेलाई नयाँ एकदिवसीय कप्तान नियुक्त गरेपछि रोहितको चार वर्षे नेतृत्व यात्रामा औपचारिक रूपमा पूर्णविराम लागेको हो। रोहितले सन् २०२२ को नोभेम्ब