निजामतीमा ३०–५५ प्रभाव दुई सचिवले दिए राजीनामा

  • बुधबार २७ साउन २०८३ ०९:०१ AM
काठमाडौं : निजामती सेवामा ३० वर्षभन्दा बढी सेवा अवधिलाई निवृत्तिभरण गणनामा समेट्ने तयारी भइरहँदा थप दुई सचिवले राजीनामा दिएका छन्।सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले मंगलबार राजीनामा दिएका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुवैको राजीनामा स्वीकृत गरेको छ।अधिकारी केही दिनपछि अवकाश हुँदै थिए भने पोखरेलको कार्यकाल एक वर्ष बाँकी थियो। ३० वर्षभन्दा बढी सेवा गरिसकेका कर्मचारीले विद्यमान व्यवस्थाअनुसार प्राप्त हुने सु