कस्तो रहला आज देशभरको मौसम ?

  • बुधबार २७ साउन २०८३ ०१:३६ AM
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ