पछिल्ला भेटघाट र छलफललाई हेरेर भन्न सकिने भएको छ, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संवादको बाटोमा हिँड्न थालेका छन्। सरकार गठन भएको सय दिनसम्म उनी चुपचाप र गुपचुप नै रहे। न सार्वजनिक रूपमा निस्किए न कसैसँग भेटघाट र बोलचाल। केवल सुशासनको रट लगाएरै सरकारी चाबी चलाए। राजनीतिक र व्यावसायिक नेतृत्वहरूको धरपकडले त्राहिमामको वातावरण बनाए। भेट्न चाहेका भारतीय विदेश सचिवलाई बेवास्ता गरेका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतलाई नभेटेका प्रधानमन्त्रीले २५ साउनमा भने भारतीय र चिनिय