काठमाडौं : केन्द्रमा नेकपा (एमाले) र नेकपाबीच प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ। तर, प्रदेशमा त्यसको कार्यान्वयन भने पेचिलो बनेको छ। मुख्यमन्त्री चयनदेखि मन्त्रालय बाँडफाँटसम्मको विवादका कारण अधिकांश प्रदेशमा सरकार गठन तथा मन्त्रिपरिषद् विस्तार प्रक्रिया लम्बिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच सहमति भएको १५ दिन बितिसक्दा पनि दलभित्रकै विवाद र भागबन्डाको गाँठो फुक्न नसक्दा प्रदेश सरकार गठनमा सकस देखिएको छ।कांग्रेससँगको गठबन्धन तोड्दै साउन ९