काठमाडौं । कर्णाली ‘जेठी आमा’ भनेर चिनिने कालु शाहीको ११७ वर्षको उमेरमा निधन भएको छ । तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी शाहीलाई स्थानीयस्तरमा कालु जेज्या (कालु जेठी आमा) पनि भन्ने गरिन्थ्यो । विसं १९६६ मा सोही वडाको नुवाकोट गाउँमा जन्मनुभएकी शाहीको उनकै निवासमा सोमबार निधन भएको स्थानीय ८३ वर्षीय ज्येष्ठ नागरिक वीरबहादुर सिंहले जानकारी