मूलधारको सञ्चार माध्यममा आदिवासी जनजातिका सवालले महत्त्व पाउनुपर्नेमा जोड

  • मङगलबार २६ साउन २०८३ ०४:४६ PM
काठमाडौँ । मूलधारको सञ्चारमाध्यममा आदिवासी जनजातिका मुद्दाले प्राथमिकता पाउनुपर्नेमा नेपाल पत्रकार महासङ्घका नेतृत्वकर्ता र पत्रकारिताका अगुवाहरूले जोड दिएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को दोस्रो दिन आयोजित ‘मेनस्ट्रिम मिडियामा आदिवासी जनजातिका मुद्दा’ विषयक सत्रमा महासङ्घका अध्यक्ष निर्मला शर्माले सम्पादकीय तहमा आदिवासी