नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ उद्घाटन, पहिलो दिन २९ हजारभन्दा बढी अवलोकनकर्ता

  • मङगलबार २६ साउन २०८३ ०३:३० PM
काठमाण्डु – ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मंगलबार उद्घाटन भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार बिहान नेपाल प्रहरी क्लबस्थित ब्लू प्याभिलियन अडिटोरियम हलमा विशेष औपचारिक कार्यक्रमबिच उद्घाटन गरिएको हो । स्पेसल प्यानल अफ गेस्टले उद्घाटन गरेको कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने