काठमाडौं । मंगलबारबाट सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा पहिलो दिन नै २९ हजार भन्दा बढीले अवलोकन गरेको पाइएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार बिहान औपचारिक रुपमा उद्घाटन गरिएको हो । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् ।