सांस्कृतिक पर्व गथाँमुग चह्रे सम्पन्न

  • मङगलबार २६ साउन २०८३ ०९:०० PM
भक्तपुर : मंगलबार दिनभर भक्तपुरको दोबाटो र चौबाटोमा प्रदर्शन गरी राखिएका त्रिखुट्टे राक्षस घण्टाकर्णको पुतला साँझ बस्ती बाहिर पुर्याई जलाइएको छ।   गथाँमुग चह्ने अर्थात् घण्टाकर्ण चतुर्दशी मनाउने क्रममा पर्वको परम्परा अनुसार नर्कट, निगालो र छ्वाली लगायतबाट बनाइएको राक्षसलाई साँझ परेपछि स्थानीयवासीले बाजागाजासहित अश्लील गाली गर्दै बस्ती बाहिर पुर्याई जलाएका छन्।हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवा: समुदायले मनाउने यो पर्व भक्तपुरमा मंगलबार परम्परागत विधि अनुसार मनाइएको हो। नेपाली भ