राहदानी उत्पादनमा छलाङ, एकैदिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

  • मङगलबार २६ साउन २०८३ ०१:२५ PM
काठमाण्डु – राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य वृद्धि गरेको छ । विभागले साउन २५ गते एकैदिन ५ हजार ८७८ वटा विद्युतीय राहदानी छाप्न सफल भएको जनाएको छ । विद्युतीय राहदानीको बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै आएको विभागले पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी राहदानी उत्पादन गर्न थालेको हो ।