काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले पार्टीको आधिकारिक निर्णय र उम्मेदवारी घोषणा नभएसम्म आफूखुशी स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार नगर्न पार्टीका नेता, सदस्य, समर्थक तथा शुभेच्छुकलाई निर्देशन दिएको छ । रास्वपा जिल्ला समिति डोटीले मंगलबार जारी गरेको अत्यन्त जरुरी परिपत्र तथा निर्देशनमार्फत केही व्यक्ति तथा समूहले आफूलाई पार्टीको तर्फबाट स्थानीय तहका